होमपेज / राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रीहरुलाई छलफलका लागि शितलनिवास बोलाउनु भएको छ ।
आज(बुधबार) साँझ ५ बजे राष्ट्रपति कार्यालय शितलनिवास बोलाइएको उच्च स्रोतले जानकारी दिएको छ । छलफलमा कोरोना महामारी, नागरिकता विधेयक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।