होमपेज / राजनीति
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार अर्थात भोली बस्ने भएको छ । बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । उक्त बैठकमा एमसीसीको विषयमा छलफल हुने सो पार्टीका एक केन्द्रिय नेताले जानकारी दिएका छन् ।
यस अघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो । बुधबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने जनाइएको छ ।