ट्रेण्डिङ

होमपेज / राजनीति

नागरिकता ऐन सम्बन्धी कांग्रेसको निर्णयप्रति अध्यक्ष थापाको आपत्ति 

नेपालगाथा २०७७ असार ७ गते आइतबार १५:४४:२० मा प्रकाशित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नागरिकता ऐनको सम्बन्धमा कांग्रेसले लिएको निर्णयप्रति आपत्ति जनाएका छन् । अध्यक्ष थापाले टुइट गर्दै कांग्रेसले २०६३ को व्यवस्था कायम हुनुपर्ने भनि लिएको अडानप्रति आपत्ति जनाएका हुन् । ‘श्री ५ वीरेन्द्रले लालमोहर लगाउन अस्वीकार गरेको र सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको राष्ट्रहितविपरीतको नागरिकता ऐन ०६३ लाई आन्दोलनको रापतापमा लागू गरि दशौं लाख विदेशीलाई नेपाली नागरिकता वितरण गरेको तथ्य सर्वविदित छ । अहिले सोही ऐनको व्यवस्था ब्युँताउने कांग्रेसको प्रयास आपत्तिजनक छ,’ थापाले ट्वीटरमा लेखेका छन् । 

थापाले १ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग बिहे गर्नेले नागरिकताका लागि दरखास्त दिन कम्तिमा ७ वर्ष पर्खनु पर्ने व्यवस्था रहेको प्रति ध्यानाकर्षण गराएका छन् । ‘३ करोड जनसंख्या हुने नेपालले ७ वर्षको आधार राख्न खोज्दा विरोध गर्नु आश्चर्यजनक छ,’ थापाले लेखेका छन्, ‘के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो? यस विषयमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’ 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top