ट्रेण्डिङ

होमपेज / राजनीति

भारतीय रक्षामन्त्रीले भने – नेपालसँगको सीमा विवाद वार्ताबाट समाधान गर्छौं 

नेपालगाथा २०७७ असार १ गते सोमबार १४:४७:२९ मा प्रकाशित

काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै गर्ने बताएका छन् । भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको समेत उनले बताएका छन् ।

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रम अन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारत – नेपालको बीचमा रोटी – बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताए । उनले भने, लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिनेछ ।’ उनले अघि भने, ‘म विश्वासको साथ भन्न चाहन्छु कि भातीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन ।

हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ । हामी सबै समस्याको सामाधान वार्ता र सम्वादमार्फत नै गर्नेछौँ ।’ गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top