होमपेज / राजनीति
काठमाडौं । एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा आज ४ बजे बस्ने भएको छ । एमसिसीबारे छलफल गर्न बैठक बस्न लागेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ । नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए । कार्यदलले एमसिसी परिमार्जन गरेर मात्रै पारित गर्न सुझाव दिएको थियो । परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन् । सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडालाई पनि बोलाइएको छ ।