होमपेज / राजनीति
काठमाडौं । नेकपा सांसद भीम रावलले भारतद्वारा अतिक्रमित भूमि नेपालको नक्सामा समेट्न सरकार सफल भए पनि व्यवहारिक रुपमा भूमि फिर्ता गर्न केही चुनौतीहरु रहेको बताएका छन् । सरकारको निर्णयले सम्पूर्ण नेपालीहरु गौरवाम्बित भएको उल्लेख गर्दै उनले कालापानी क्षेत्रमा नेपालको प्रशासनिक उपस्थिति गराउन, भारतीय सेनालाई तत्काल फिर्ता पठाउन चुनौती भए पनि कुशल रुपमा अगाडि बढ्नुपर्ने बताए । उनले असल छिमेकीसँग कुनै मतभेद र विवाद नगरी समस्या समाधान गर्नुपर्ने आवश्कता औल्याए ।