होमपेज / राजनीति
काठमाडौं । नेपाल संगको सीमा विवादलाई लिएर भारतीय कांग्रेसले वार्ताबाट समाधान गर्न माग गरेको छ । कांग्रेसले सीमा विवाद तत्काल वार्ता मार्फत समाधान गर्न भारत सरकारसँग माग गरेको हो ।
भारतीय कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभा नेता आनन्द शर्माले एक विज्ञप्ति जारी गर्दै नेपाल–भारत सम्बन्धको महत्व र संवेदनशीलतालाई ख्याल राख्दै तत्काल वार्तामार्फत् समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।
भारत र नेपाल बीचको सीमा विवादल गायतमा समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र हुँदा हुँदै पनि अहिलेको अवस्था आउनु दुः खद भएको नेता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दुई देशबीचको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धमा दरार आएकाले तत्कालै सम्बोधन हुनुपर्ने जनाइएको छ।
‘भारतले सधैं नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको र दुई देशले करिब ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको बाँकी रहेका सीमा विवाद पनि आपसी समक्षदारी र मित्रताकै आधारमा कूटनीतिक वार्ता र सम्झौता मार्फत नै समाधान हुनुपर्नेमा भारतीय कांग्रेस अडिग छ ।’ विज्ञप्तिमा भनिएको छ ।