ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले तोकेको कर तिर्ने सूचना खारेज गर्न अन्तरिम आदेश

नेपालगाथा २०७७ जेठ २९ गते बिहीबार १२:१६:५८ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले सरकारले कर तिर्न भनि तोकिएको सूचना खारेज गर्न अन्तरिम आदेश दिएको छ । असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई अन्तरिम आदेश दिएको हाे । उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । तर कर तिर्ने म्यादबारे लिखित आदेश नआएसम्म थाहा नहुने सर्वोच्च स्रोतले जनाएको छ ।

न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भए बमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो । अधिवक्ता सिर्जना अधिकारी सहितले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोज कुमार शर्माले दुवै पक्षको बहस सुनेर मात्र अन्तरिम आदेशबारे निर्णय गर्न आदेश दिएका थिए ।

दुवै पक्षको बहस पछि असार ७ गतेसम्म कर तिर्नु भन्दै सरकारले गरेको सूचना खारेज गर्न अन्तरिम आदेश भएको हो । सरकारले जेठ २० गते सूचना जारी गरी जेठ २५ गतेसम्म सरकारलाई बुझाउनुपर्ने कर बुझाइसक्न करदातालाई भनेको थियो । यो म्याद पछि बढाएर असार ७ गतेसम्म पु¥याइएको थियो ।

कोरोना जस्तो संक्रामक रोग फैलिएका कारण भएको लकडाउनको समयमा करदाताहरू कर तिर्न जानै नसक्ने हुँदा लकडाउन सकिएको ३० दिनभित्र कर बुझाउन मिल्ने गरी आदेशको माग गर्दै अधिवक्ता अधिकारीले रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top