होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । प्रधानमन्त्री कार्यालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिने छन् । प्रधानमन्त्री ओलीले बजेटसँगै स्वास्थ्य क्षेत्रका विषयमा समेत धारणा राख्दैछन् ।
उनले प्रधानमन्त्री कार्यलय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका विषयमा उठेको प्रश्नमा जवाफ दिने छन् । प्रधानमन्त्रीको जवाफ पछि आजै प्रतिनिधि सभाबाट बजेट पास गर्ने तयारी सरकारको छ ।