होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा तीन जना अध्यक्ष रहने गरि सहमति जुटेको छ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बिच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेको छ ।
सहमति अनुसार पार्टीमा पहिलो वरियतामा रहने बाबुुराम भटट्टराई संघीय परिषद्को अध्यक्ष रहेनछन् भने दोस्रो वरियतामा रहेका महन्थ ठाकुर र तेस्रो नम्बरमा रहेका उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेछन् । चौथो नम्बरमा रहेका राजेन्द्र महतो र पाँचौं नम्बरमा रहेका अशोक राई वरिष्ठ नेता रहने छन् ।
बाँकी सबैको नाम मात्र पठाइने छ । सहमति अनुसार जसपा नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग गएका छन् । पार्टी एकताको सहमति अनुसार निवेदन दर्ता गर्न आयोग जान लागेको जसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
राजनीतिक दल सम्बन्धी ऐनमा एकिकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपि संलग्न गरेर आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । राजपा र सपाले पार्टी एकताको सहमति गरेको शनिबार ४५ दिन पुगेको थियो, तर अन्तिम दिन शनिबार परेकाले आइतबार निवेदन दिने पाउने छन् ।
ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको ४५ दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।
।