ट्रेण्डिङ

होमपेज / राजनीति

स्वदेश फर्किन चाहाने सबैलाई ल्याऊ – कांग्रेस

नेपालगाथा २०७७ जेठ २४ गते शनिबार १८:०१:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस कोभिड १९ का कारण घर र्फकन चाहने सबैलाई ल्याउन सरकारसँग माग गरेको छ । विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने माग गरेको हो । 

कांग्रेसको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार छ । तसर्थ संख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ ।’ उनले विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top