होमपेज / राजनीति
काठमाडौं । कोरोना संक्रमितको संख्या २६ सय नाघे संगै नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड(१९ को संक्रमण अवस्थालाई लिएर स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिए ।
मन्त्रालयले यस अघि बनाएको स्वास्थ्य आपतकालीन कारबाही योजना अनुसार दुई हजार एक्टिभ संक्रमित भएको अवस्थामा ‘जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सक्ने व्यवस्था’ रहेको भन्दै सो निर्णय भएको जनाएको छ ।
प्रवक्ता देवकोटाले मन्त्रिपरिषद्बाट स्वीकृत हुनसाथ संकटकाल जारी हुने बताए । साथै यसका लागि स्वास्थ्य मन्त्रालयले एक जना अधिकारी तोक्नुपर्ने भन्दै
उनले त्यसको लागि स्वास्थ्य सचिवलाई प्रस्ताव गर्न अनुरोध गरेको जनाए । सरकारले यसअघि बनाएको कार्यविधि अनुसार दुई हजार देखि पाँच हजार संक्रमित नपुग्दासम्म लक्षण विहीन संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने भनेको छ ।