ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुन सक्ने

नेपालगाथा २०७७ जेठ २२ गते बिहीबार ०८:५२:४५ मा प्रकाशित

काठमाडौं । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकले लकडाउनको मोडालिटि परिवार्तन गर्न सक्ने बताइएको छ । आज लकडाउनको ७३ दिन भएको छ । यस अघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो ।

समितिको गृहकार्य सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श पनि गरेका छन् । विज्ञको सुझाब अनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ ।   

निरन्तरको लकडाउनले व्यसाय चौपट भएको भन्दै काठमाडौंमा उल्लंघन गर्नेसम्मका चेतावनी आएपछि सरकारले मोडालिटीबारे गृहकार्य तीब्र बनाएको हो । लकडाउन लम्ब्याउँदै लगे पनि संक्रमण कायमै रहेकाले सुरक्षा सतर्कता अपनाउँदै दैनिक व्यवसाय खुला गर्ने गरी लकडाउन मोडालिटी परिवर्तन हुने बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top