ट्रेण्डिङ

होमपेज / राजनीति

कोरोना संकट व्यवस्थापनमा सहयोग गर्न दाताहरुलाई आग्रह

नेपालगाथा २०७७ जेठ २१ गते बुधबार १५:५५:३६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार भएको छलफलमा मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण वढेको वताउदै सहयोगको लागि दाताहरुलाई आग्रह गरेका हुन ।

भारतवाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको वताउदै मुख्यमन्त्री शाहीले क्वारेन्टाईन व्यवस्थापन, आईशोलेसन व्यवस्थापन र संक्रमण परिक्षणमा सरकारलाई समस्या परेको उनको भनाई थियो । कर्णाली प्रदेशबाट झण्डै डेढ लाखको संख्यामा भारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएको वताउदै मुख्यमन्त्री शाहीले अझै पनि १ लाख भन्दा वढी नागरिक कर्णाली फर्कने अनुमान रहेको बताए ।

ठुलो संख्यामा विदेशवाट फर्किएका नागरिकहरुवाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण रहेको वताउदै मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक रहेको स्पष्ट पारे । मुख्यमन्त्री शाहीले प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५ सय नमुना मात्र परिक्षण गर्न सकिने वताउदै प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक रहेको वताएका थिए ।  

मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुलाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाईन र आईशोलेसन व्यवस्था, पिसिआर प्रयोगशालाको स्थापना, परिक्षणका लागि आवश्यक किट र एम्वुलेन्समा सहयोग गर्न आग्रह समेत गरे । कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाको लागि मात्रै रोजगारीको लागि भारत जाने गरेको र कोभिड–१९ ले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनु परेको मुख्यमन्त्री शाहीको भनाई छ ।

प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरीविको रेखामुनी रहेका नागरिकका लागि क्वारेन्टाईनमा रहनुपर्ने १४ दिन सम्मका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत जानकारी दिए । विकास साझेदार संस्थाहरुसंगको छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु र  संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top