ट्रेण्डिङ

होमपेज / राजनीति

लकडाउनमा पनि करको ताकेता गर्नु गैरजिम्मेवारीपन – कांग्रेस

नेपालगाथा २०७७ जेठ २१ गते बुधबार १३:१४:१९ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउनका बेला सरकारले करको ताकेता गरी जनतामा पीडामाथि पीडा थप्ने काम गरेको बताएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका बेला कर बुझाउने सूचना जारी गर्नू गैरजिम्मेवारीपनको पराकाष्ठ भएको बताए ।

बुधबार विज्ञप्ति निकालेर खाँणले कोरोना महामारीको विषम र असहज परिस्थितिमा सरकारले आमनागरिकमा पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएको खाँणले उल्लेख गरेका छन् ।

‘लकडाउनले व्यापार, व्यवसाय, यातायात क्षेत्रलगायत ठप्प छ । यस्तो विषम परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो,’ खाँणले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top