होमपेज / राजनीति
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने निर्णय भएको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यस अन्तर्गतका कामहरु नगर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने ‘अनुमोदन नभएको अवस्थामा एमसिसी अन्तर्गतका काम अनुमोदन भएपछि गर्न सकिने काम पछि नै गर्ने र अहिले रोक्ने समझादारी बनेको छ ।’’
नेकपाले गठन गरेको एमसिी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच समझदारी बनेपछि यस विषयमा सचिवालयले निष्कर्ष निकाल्ने उनले बताए ।