ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश प्रमुखद्वारा गणतन्त्र दिवसको शुभकामना

नेपालगाथा २०७७ जेठ १५ गते बिहीबार ११:४८:१७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले १३औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहिबार एक शुभकामना सन्देश जारी गर्दै देश प्रमुख कलौनीले विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य सङ्गठन र सरकारद्वारा आधिकारीक रूपले जारी निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन् । 

सन्देशमा भनिएको छ, ‘यस कर्णाली प्रदेशमा पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९)को जोखिम बढ्दै गएको वर्तमान परिप्रेक्षमा यसको सङ्क्रमणबाट आफू जोगिन र अरूलाई जोगाउन विश्व स्वास्थ्य सङ्गठन र सरकारद्वारा आधिकारीक रूपले जारी निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गर्दछु ।’

ऐतिहासिक संविधानसभाको पहिलो बैठकले बि.स.२०६५ साल जेष्ठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएका छौं । सन्देशमा भनिएको छ । ‘यस दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा बाँधिई यहाँ उपलब्ध प्राकृतिक श्रोत र साधनको अधिकतम उपयोग गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न थप उर्जा पैदा गर्ने अपेक्षा गरेको छु ।

लामो सङ्क्रमणकाल पश्चात मुलुकमा राजनीतिक स्थिरता र दिगो शान्ति स्थापना भएको वर्तमान परिवेशमा राष्ट्रिय अखण्डताका साथै राष्ट्रिय स्वाभिमानको भावना जागृत गर्दै समाजमा रहेका सबै प्रकारका विभेदहरूको अन्त्य गरि समतामुलक समाज निर्माण गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।’

साथै कोरोनाभाइरस (कोभिड(१९)को सङ्क्रमणबाट देहान्त भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् । 

शुभकामना सन्देश

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top