ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश प्रमुखद्वारा ‘इद उल फित्र’ को शुभकामना 

नेपालगाथा २०७७ जेठ १२ गते सोमबार १८:४६:४१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार एक सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले शुभकामना व्यक्त गरेका हुन् । 

‘इद उल फित्रको शुभ (अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी कर्णालीबासी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा भनिएको छ ।

बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो देश नेपालमा यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिबृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुर्याुउने विश्वास लिएको छु । सन्देशमा भनिएको छ । 

साथै विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड (१९)  को महामारीको संक्रमण तर्फ सजग रहि सुरक्षित तवरले यो पर्व मनाउन अपिल गर्दै पर्वले हामी सबैमा भ्रातृत्व, शान्ति र सामाजिक सहिष्णुताको लागि थप प्रेरणा मिलोस् । शुभकामदा सन्देशमा भनिएको छ । 

शुभकामना सन्देश


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top