ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसको आग्रह – मिचिएको भूमि फिर्ता ल्याउन उच्चस्तरीय पहल गरौँ

नेपालगाथा २०७७ जेठ ११ गते आइतबार २२:०२:३३ मा प्रकाशित

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मिचिएको भूमि फिर्ता ल्याउन उच्चस्तरीय कूरुटनीतिक पहल गर्न माग गरेको छ ।  सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै निशान छाप संशोधन गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । यसबारे धारणा बनाउन आईतबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक बसेको थियो ।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘१८१६ को सुगौली सन्धिको जगमा महाकाली पूर्वको भूभाग नेपालको हो र त्यहाँ निर्वाध रुपमा नेपालको हक स्थापित हुनुपर्छ । र, उच्चस्तरीय कूटनीतिक र राजनीतिक सम्वाद गर्न सरकारसँग माग गरेको छ ।’ तर सरकारले ल्याएको संविधान संशोधन विधेयकबारे भने केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने बताएको छ । प्रवत्ता शर्माका अनुसार संविधान संशोधन प्रस्तावबारे केन्द्रीय कार्यसमितिबाटै निर्णय गर्ने सहमति भएको छ ।

कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) बारे सरकारलाई ध्यानाकर्षण गराउँदै पीसीआर विधिबाट मात्र परीक्षण गर्न, क्वारेन्टाइन मापदण्ड अनुसार बनाउन माग समेत गरेको छ ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई छिटो नेपाल फिर्ता ल्याउन कांग्रेसले माग गरेको छ । सातै भारतीय सीमामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगले ल्याउन र क्वारेन्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले राख्न माग गरिएको प्रवक्ता शर्माले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top