होमपेज / राजनीति
सुखेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सहसंयोजक यामलाल कंडेलले बिपत्तिको बेलामा सामाजिक विसंगति, बिकृती बढ्दै गएको भन्दै यसको नियन्त्रणमा लाग्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
कंडेलले बन्दाबन्दीका बेला निश्चित मानिसहरूले कमाउने भाडो बनाएको बताएको समेत बताएका छन् । कर्णाली प्रदेशसभाको आइतबारदेखी शुरू भएको अधिबेशनलाई संबोधन गर्दै प्रदेशसभा सदस्य कंडेलले सरकार सँग जोडिएका नजिकका मानिसहरूले अहिले उपकार नाममा कमाउने धन्दा गरेको आरोप लगाएका हुन ।
एउटा किसान खेतबारीमा जान नपाएर घण्टौ चोकमा बस्नुपर्ने अवस्था भएको तर राहतको नाममा केही व्यवसायीहरूले कमाउ धन्दा चलाएको उनको भनाई थियो ।
उनले जथाभावी बजेट बाँडने काम गलत भएको बताए । ‘कति दिन हो कोरोना आतंक हुने, फिक्स छैन,’ उनले भने, ‘ढुकुटी सकिदै गयो भने हामी कहाँ जाने ? तपाईले बाँडेका पैसा खर्च गर्न नसकिने भनेकै बेलामा पैसा गयो त । दामासाहीको रुपमा हामीलाई पैसा आउँछ । जथाभावी पैसा बाँडदै गएको खण्डमा समस्या हुन्छ । ख्याल गर्नुहोस ।’
प्रदेश सभा सदस्य शोसिला शाहीले सरकारले सामाजिक दुरी कायम गरेर भएपनि विकासका कामहरु गर्नु पर्ने बताइन । सरकारले राम्रो काम गरेको खण्डमा समर्थन गर्ने र नराम्रो काम गरेको खण्डमा आफूले विरोध गर्ने समेत उनको भनाई थियो ।