होमपेज / राजनीति
काठमाडौं । सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । मंगलबार प्रधानमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिए पछि सरकारको नेतृत्व गरेको पार्टीका सांसदहरुको बहु्मत भएपछि बहुमतका आधारमा पारित भएको हो ।
सरकारको नीति तथा कार्यक्रमको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य दलका सांसदले विरोध गर्दै आएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम निर्णायार्थ पेस गरेका थिए ।