होमपेज / राजनीति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट छिटो पास गर्नुपर्ने भनाई प्रति नेकपाका नेता भीम रावलले महाकाली सन्धि सम्झाएका छन् ।
सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले देउवाको अभिव्यक्तिको खण्डन गर्नै महाकाली सन्धि सम्झाएका हुन् ।
‘एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नुपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले भन्नुभयो उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो,’ रावलले भने ।
आइतबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सभापति देउवाले एमसीसीलाई सदनबाट पारित गर्नेबारे सरकारले उदासीनता देखाएको आरोप लगाएका थिए । उनले चालु अधिवेशनबाट एमसीसी पारित गराउन पनि माग गरेका थिए । हाम्रो देशमा निकै विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेसनको कुरा जुन उल्लेख गरिएको छ । यो अलि पछाडिको ढोकाबाट आउन खोजे जस्तो मलाई अनुभूत भएको छ । नेता रावलले भने, ‘एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नुपर्छ, छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले भन्नुभयो । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । आज महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो ।’
त्यसैले यो मिलेनियम च्यालेन्ज कर्पोरेसन यहाँ परेको छ । म आशा गर्छु यो पक्कै पनि त्यो सम्झौता अन्तर्गतको हुने छैन । उनले थपे, ‘यदि त्यो भयो भने राष्ट्रहित विपरीत हुनेछ । त्यो नेपाली जनताले उठाउँदै आएको आवाजको विपरीत हुनेछ । एउटा स्वाधीन स्वतन्त्र देशको हैसियतमा आँच र्पुयाउने कुनैपनि सम्झौता कुनैपनि पैसामा साट्न सकिँदैन ।’