होमपेज / राजनीति
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दासढुङ्गाबारे छानबीन गर्ने बताएको छ । २७ औं मदन (आश्रित स्मृति दिवसका अवसरमा जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ज्यान गएको दासढुङ्गा दुर्घटनाबारे छानबीन गर्ने जनाएको हो ।
शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ले एक वक्तव्य जारी गर्दै आम नेपाली जनता उक्त घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नभएको र घटनाको रहस्य अझै उद्घाटित हुन नसकेको उल्लेख गरेका छन ।
वक्तव्यमा लेखिएको छ, ‘दुई लोकप्रिय नेताहरुको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुस्खद निधन भएको आज २७ वर्ष बितेको छ, उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन, तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षडयन्त्रपूर्ण हत्याका रूपमा लिन्छन, २७ औं मदन(आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुन व्यक्त गर्दछ ।’ भण्डारी र आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।