ट्रेण्डिङ

होमपेज / राजनीति

विदेशमा अप्ठ्यारोमा परेकालाई स्वदेश फर्काउन काँग्रेसको आग्रह

नेपालगाथा २०७७ बैशाख ३१ गते बुधबार १७:४३:५६ मा प्रकाशित

काठमाडौं । विदेशमा अप्ठ्यारामा परेका श्रमिक, पढाइ बन्द भएर बसेका विद्यार्थी, तीर्थयात्रा बन्द भएर अलपत्र परेका नागरिक, आफन्त भेट्न जाँदा रोकिएका नागरिकलाई सरकारले उद्धार गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न आग्रह गरेका हुन ।

कांग्रेसले कोरोना संक्रमणको परीक्षण, संक्रमितको कन्ट्याक ट्रेसिङ र उपचार प्रभावकारी बनाउन आग्रह गरेको छ । सरकारले कोरोना संक्रमण परीक्षण गर्न देशभर प्रयोगशाला विस्तार गर्नु सकारात्मक भएको तर स्वास्थ्य सामग्रीको आयात अपारदर्शी र ढिलो भएको प्रवक्ता शर्माले बताए ।

कांग्रेसले सुरक्षाकर्मी र पत्रकारको कोरोना संक्रमण परीक्षण गर्न पनि माग गरेको छ । कोरोना नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मी र समाचार संकलन गर्ने पत्रकारको कोरोना परीक्षण गर्नुपर्ने शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top