होमपेज / राजनीति
सुर्खेत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले पश्चिम सुर्खेतको पञ्चपुरी, चौकुने र बराहताल गाउपालिकाको बिपत ब्यवस्थापन कोषमा ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । नेता थानीले तीन वटै स्थानियतहमा समान २५÷२५ हजारका दरले रकम प्रदान गरेका हुन ।
पुर्ब मन्त्री समेत रहेका थानी सहित नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सभापति कमलराज रेग्मी लगायतले मास्क, सेनिटाईजर, सावुन लगाएतका स्वास्थ्य सामाग्री सहित नगद सहयोग गरेका हुन ।
सरकारले सञ्चालन गरेको एकद्धवार प्रणाली मार्फत सहयोग रकम वितरण गरिएको पाटी सभापति कमलराज रेग्मीले जानकारी दिए ।
उनले सम्बन्धित स्थानियतहका प्रमुखहरुलाई थोरै भए पनि सहयोग हुने अपेक्षाले सामाग्रीहरु वितरण गरिएको बताए । नेता थानिले कोरोना महामारी रोक्नकालागि सबै नेता कार्यकर्तालाई आ–आफ्नो ठाउँमाबाट जनचेतना र प्रचार प्रसारमा जुट्न पनि आग्रह समेत गरेका थिए ।
रकम बुझ्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले कोरोना नियन्त्रणका लागि सक्दो पहल भईरहेको बताए । राहत वितरण नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर दुईका सह–क्षेत्रिय सभापति नारायण कोईराला, नेता पदमदेव गिरी र ललित भट्रराई तथा स्थानिय नेताहरुको सहभागीता रहेको थियो ।