ट्रेण्डिङ

होमपेज / राजनीति

सीमा रक्षाबारे सरकारले कुटनीतिक पहल गर्नुपर्छ –तरूण दल

नेपालगाथा २०७७ बैशाख २८ गते आइतबार १२:३३:५० मा प्रकाशित

काठमाडौं । नेपाल तरूण दलले अतिक्रमित नेपाली भू–भाग र सीमाबारे सरकारले कुटनीतिक पहल गर्नुपर्ने धारणा राखेको छ । सीमा रक्षा गर्नु सरकारको मुख्य कर्तव्य भए पनि यतिका समय बितिसक्दा पनि सरकारले गम्भीर पहलकदमी लिन नसकेको तरूण दलको आरोप छ ।

शनिबार विज्ञप्ति जारी गर्दै तरूण दलका अध्यक्ष जितजंग बस्नेतले लिपुलेक हुँदै भारतले मानसरोवर जोड्ने सडक उद्घाटन गरेकोमा आपत्ति जनाएका हुन् । उनले नेपाली भूमि माथि भारतको हस्तक्षेपप्रति तरूण दलले भर्त्सना गरेको पनि उल्लेख गरेका छन् ।

‘कुनै पनि मुलुकको सिमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य हो तर विडम्बना यतिका समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको छ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top