ट्रेण्डिङ

होमपेज / राजनीति

विराटनगरबाट ६ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज

नेपालगाथा २०७७ बैशाख २४ गते बुधबार ११:१३:३७ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचारत ६ जना भारतीय बुधबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने ६ जना नै भारतको नयाँदिल्लीका बासिन्दा रहेको अस्पतालले जानकारी दिएको छ ।

उनीहरुलाई दुई वटा एम्बुलेन्समा विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टाइनमा लगेर राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पुन थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।
डिस्चार्ज भएका ६ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गमजेर तथा चिकित्सकहरुले फूलमाला दिएर बिदाइ गरेका छन् ।

डिस्चार्ज भएका अनुस जैदीले आफूहरुको अस्पताल बसाइ अत्यन्तै सुखद भएको बताए । ‘धर्म प्रचारका लागि हिँडेका हामीहरुमा संक्रमण देखिदा पनि त्रसित भएनौं,’ उनले भने, ‘संक्रमण पुष्टि भएपछि हामीलाई विराटनगरको कोरोना उपचार केन्द्रमा ल्याएर राखेको र यहाँ चिकित्कसहरुको अत्यन्तै राम्रो हेरचाहले आत्मबल झन मजबुत भयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top