ट्रेण्डिङ

होमपेज / राजनीति

‘कोरोनाको कारण परेको आम मजदुर वर्गको समस्या प्रति गम्भिर छौँ’ – मुख्यमन्त्री

नेपालगाथा २०७७ बैशाख १९ गते शुक्रबार १४:०३:५१ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाका कारण आम मजदुर वर्गले भोग्नु परेको समस्या प्रति प्रदेश सरकार गम्भिर रहेको बताएका छन् । शुक्रबार १ सय ३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहीले यस्तो बताएका हुन ।

‘हाम्रा सामु अप्रत्यासित रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको संकटले सिंगो विश्व समुदाय आक्रान्त बनेको छ ।’ शुभकामना सन्देशमा भनिएको छ । ‘कोरोनाका कारण आम मानव समुदायले भोग्नुपरेको समस्याका अलावा मजदुर वर्गले दैनिक जिवीकोपार्जनसंग जोडिएका थप समस्याहरु भोगिरहेको प्रति प्रदेश सरकार गम्भिर रहेको छ ।’

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्य्दिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रुपमा हरेक वर्ष आजकै दिन अर्थात मे १ मा विश्वभर यो दिवस मनाइएको स्मरण गर्दै, मुख्यमन्त्री शाहीले भनेका छन्, ‘परिवर्तनको संवाहकका रुपमा रहेको मजदुर वर्गको हक, हित र अधिकारको लागि विभिन्न कालखण्डमा भएका बलिदानीर्पूण आन्दोलनहरुको स्मरण गर्दै ती आन्दोलनहरुमा सहादत प्राप्त गर्ने सवै सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली सहित उच्च सम्मान व्यक्त गर्दछु ।’

साथै श्रमजीवि मजदुर वर्गका दैनिक जीविको पार्जनसंग जोडिएका समस्या सामाधान गर्न तथा राहात प्याकेज उपलब्ध गराउन प्रदेश सरकारको तर्फबाट सवै स्थानीय तहमा आवश्यक वजेट पठाउनुको साथै लकडाउनका कारण बाटो र कार्यस्थलमा अलपत्र मजदुरहरुको उद्धारमा पनि आवश्यक समन्वय भैरहेको समेत सन्देशमा भनिएको छ ।

साथै संकटको सामनाका लागि प्रदेश सरकार सम्पूर्ण साधन श्रोत तथा संयन्त्रको परिचालन सहित गम्भिरतापुर्वक लागिरहेकोले उच्च मनोवल सहित धैर्य गर्न समग्र प्रदेशबासी जनसमुदायलाई हार्दिक आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top