ट्रेण्डिङ

होमपेज / राजनीति

विप्लव समूहका नेता प्रक्राउ

नेपालगाथा २०७७ बैशाख १८ गते बिहीबार १७:२६:२६ मा प्रकाशित

सुर्खेत । सरकारी प्रतिबन्धमा परेको नेपाल कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनार (हिमाल) लाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ मा रहेको घरमा ‘होम क्वारेन्टाइन’मा बसिरहेका बेला सुनारलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी गोपाल रायमाझीले सुनारलाई वीरेन्द्रनगरको कुमाल चोकबाट पक्राउ गरिएको बताएका छन ।

पक्राउ परेका सुनार यसअघि सो पार्टीको सुर्खेत जिल्ला इञ्चार्ज रहेको जानकारी आएको छ भने सुनार तत्कालीन माओवादीले चलाएको जनयुद्धमा समेत सहभागी भएका थिए । उनी माओवादी युद्धका चर्चित जनकलाकार समेत हुन् । उनी लकडाउन अगावै घरमा आएर बसेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top