ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा ठाकुरबाबाद्वारा नगरलाई सहयोग

नेपालगाथा २०७७ बैशाख १७ गते बुधबार १८:३४:२३ मा प्रकाशित

बर्दिया । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ठाकुरबाबा नगरपालिका वडा नम्बर १ कमिटिले नगरपालिकालाई सहयोग गरेको छ । नगरपालिका वडा नम्बर १ कमिटीमा रहेको सम्पूर्ण नेता, कार्यकर्ता एवं शुभच्छेकबाट संकलन गएको ५५ हजार ५ सय ५५ रुपैयाँ नगरलाई हस्तान्तरण गरेको हो ।
बुधबार सहयोग रकम वडा कमिटी अध्यक्ष दुर्गा प्रसाद जैसी र वडा कमिटी सचिव जोरासिंह थापा र नगरकमिटी सदस्य महेन्द्र पंगेनी मार्फत नगर प्रमुख घरनारायण श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण मुलुक लामो समय देखि लक डाउनमा रहेको अवस्थामा त्यसबाट उत्पन्न हुने विषम परिस्थितिमा नगरको तर्फबाट तत्काल राहत ब्यवस्थापन गर्ने उदेश्यले नगरको विपद् व्यवस्थापन कोषमा सहयोग गरिएको वडा कमिटि अध्यक्ष जैसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top