होमपेज / राजनीति
काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाट भएकाे छ। मगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएकाे हाे । भेटमा सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने भनिएको थियो। दुई अध्यक्षबीच यस विषयमा के कुराकानी भयो भन्ने खुलेको छैन। यसै बिच आज हुने भनिएको सचिवालयको बैठक अनिश्चित बनेको छ। आज बैठकको कुनै योजना नै नरहेको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएकाे छ ।