होमपेज / राजनीति
काठमाडौँ । गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पास बिनाका सवारी साधन आवत जावतमा रोक लगाउन निर्देशन दिएको छ ।
मन्त्रालयले सोमबार परिपत्र गर्दै बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केहिदिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रुपमा केहि खुकुलो गराइएको र अधिकांशको उद्धार भइसकेकोले आजबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको स्रोतले जानकारी दिएको छ । सवारी साधनमा हुल मुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने भएकोले कडाइ गरिएको मन्त्रालयको भनाइ छ ।