ट्रेण्डिङ

होमपेज / राजनीति

आरडिटी परीक्षणमा मात्रै भर पर्नु हुँदैन –कांग्रेस

नेपालगाथा २०७७ बैशाख १५ गते सोमबार ०८:३८:४८ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ¥यापिड डाइग्नोस्टिक (आरडिटी) परीक्षणमा मात्रै भर पर्न नसकिने बताएको छ ।.आरडिटी परीक्षणमाथि विश्वव्यापी प्रश्न उठिरहेका बेला यसको भर पर्न नसकिने भएकाले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने कांग्रेसले बताएको हो । आइतबार पार्टी कार्यालय सानेपामा पार्टीका पूर्वस्वास्थ्यमन्त्री र चिकित्सकहरुसँगको छलफलपछि कांग्रेसले यस्तो बताएको हो ।

छलफलपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले लक डाउनको समुचित उपयोग गर्न सरकार चुकेकोले आरडिटी परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष छलफलले निकालेको बताए । चिकित्सकहरुका लागि आवश्यक, अतिआवश्यक स्वास्थ्य सामग्री पर्याप्त उपलब्ध गराउनुपर्ने, चिकित्सकहरुलाई हतोत्साहित गर्नुको सट्टा साथ दिनुपर्नेमा प्रवक्ता शर्माले जोड दिए ।

अस्पतालको क्षमता बढाउनुपर्ने, उपकरण औषधि र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने सुझाव पनि कांग्रेसले सरकारलाई दिएको छ ।

 कोरोनाले मात्रै बिरामीको मृत्य नहुने भएकाले अन्य रोगका बिरामीको स्वास्थ्य उपचारतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए । छलफलमा सहभागी चिकित्सक डा. केदार नरसिंह केसीले कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको बताए । कोरोना रोकथामका लागि सरकारले गरेका प्रयासहरु पर्याप्त नभएको, घोषणा गरे अनुसार जनताले राहत पाउन नसकेकोले सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष छलफलले निकालेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top