ट्रेण्डिङ

होमपेज / राजनीति

राजपा र समाजवादीले दिए दल दर्ताको निवेदन

नेपालगाथा २०७७ बैशाख ११ गते बिहीबार ११:५५:३७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । राजपा र समाजवादी पार्टीबीच बुधबार अबेर पार्टी एकीकरणको सहमति भएको थियो । अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टै हुनेछ । त्यस्तै झण्डा मसाल अंकित यसअघीको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ ।

आज बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गराइएको राजपाका प्रवक्ता केशव झाले जानकरी दिए ।’ हामीले सहमति पत्र सहितको निवेदन दिएका छौँ । हामीले १३८८ नंम्बरको दर्ता पाएका छौँ’, झाले भने, ’अन्य कागजात हामी लकडाउनपछि बुझाउँछौँ ।’

दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top