ट्रेण्डिङ

होमपेज / राजनीति

सुर्खेतमा बिद्यार्थीलाई रिचार्ज दिएर मनाइयो नेबिसंघको स्थापना दिवस

नेपालगाथा २०७७ बैशाख ६ गते शनिबार १७:०४:१७ मा प्रकाशित

सुर्खेत । बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन जारी छ । लकडाउनका बिच नेपाल बिद्यार्थी संघ सुर्खेतले आफ्नो ५१ औं स्थापना दिवस मनाएको छ । लकडाउनका कारण मोबाईल रिचार्ज गर्न नसकेका कर्णाली प्रदेशका बिद्यार्थीहरुलाई रिचार्ज उपलब्ध गराएर नेबिसंघ सुर्खेतले आफ्नो स्थापना दिवस मनाएको छ ।
सुर्खेत उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एबम सुर्खेत संचारका संचालक हर्ष बिक्रम खड्काले एक सय ९७ जना बिद्यार्थीहरुलाई एकसय रुपैयाँका दरले रु १९ हजार ७ सय बराबरको रिचार्ज उपलब्ध गराउनु भएको थियो । सामाजिक संजाल फेसबुक मार्फत सुचना संप्रेषण गरेर आवश्यक बिद्यार्थीहरुको नम्बर संकलन गरि रिचार्ज कार्ड उपलब्ध गराइएको नेपाल बिद्यार्थी संघ सुर्खेतका अध्यक्ष अध्यक्ष गौतम बिसिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top