होमपेज / राजनीति
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस कार्यकर्ताले बिपन्न परिवारलाई सहयोग गरेका छन् । नगरपालिकाको वडा नम्बर ७ मा रहेका अति बिपन्न १ सय ७ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
लकडाउनको अबधिमा बिहान बेलुका छाक टार्न मुस्किल हुने उक्त परिवारलाई समुदाय बिकास केन्द्र सुर्खेतको अगुवाइमा वितरण गरिएको हो । भेरीगंगा नगरपालिकाका १५ जना कांग्रेसका अगुवा कार्यक्रताहरुले आर्थिक संकलन गरेको एक लाख चालीस हजार दुईसय रुपैयाँ वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर मिजार मार्फत सहयोग गरेका हुन ।
लकडाउनको अबधिमा बिपन्न परिवारहरुका लागि सहयोग रकमबाट खाद्यान्न खरिद गरेर वितरण गरिएको बडा अध्यक्ष कर्ण बहादुर मिजारले जानकारी दिए । उनले लकडाउनले गर्दा काम र सानातिना व्यापार गर्नेहरुले आम्दानीको स्रोत नै बन्द भएको अवस्थामा सहयोग हुनु सकारात्मक भएको बताए ।
सहयाेगीहरु
