ट्रेण्डिङ

होमपेज / राजनीति

कोरोना फैलिन नदिन नेकपा चामुण्डाविन्द्रासैनीको निर्णय, एक घर एक स्वास्थ्य अभियन्ता तोक्ने

नेपालगाथा २०७६ चैत्र २८ गते शुक्रबार २१:१०:१५ मा प्रकाशित

चामुण्डा (दैलेख) । नेकपा चामुण्डाविन्द्रासैनी नगरपालिका स्तरीय कोभिड १९ रोगथाम तथा नियन्त्रण व्यवस्थापन  संयन्त्रले कोरोना भाइसरलाई फैलिन नदिन एक घर एक स्वास्थ्य अभियन्ता तोक्ने निर्णय गरेको छ । शुक्रबार व्यवस्थापन संयन्त्रका संयोजक एवम् नेकपा प्रदेश कमिटिका सदस्य सूर्यबहादुर शाही टेलिफोन संवाद मार्फत छलफल भई यस्तो निर्णय भएको हो ।

कर्णाली प्रदेश कमिटिको विशेष परिपत्र ५ लाई पुर्ण पालना गर्ने निर्णय गर्दै राज्य एक्लैले मात्र भाइरस फैलिन रोक्न नसक्ने भएकाले प्रत्येक घरमै एक स्वास्थ्य अभियन्ता तोेक्ने निर्णय भएको संयोजक शाहीले जानकारी दिए । उनले भने, ‘हामीले प्रत्येक वडा र टोलमा संयन्त्र बनाउछौँ, संयन्त्र तथा नेता कार्यकर्तालाई प्रत्येक घरमा पुगेर एक घर एक स्वास्थ्य अभियन्ता  तोक्ने लगाउछौँ,  प्रत्येक व्यक्तिको नाम, मोवाइल वडा कमिटि र नगर कमिट र स्थानीय तहलाई  बुझाउन लगाउछौँ ।’ कसैलाई कुनैपनि समस्या भएको खण्डमा सोही व्यक्तिलाई संयन्त्र र पार्टीले तुरुन्त सम्पर्क गर्छ । उनले थपे ,हाल फैलिरहेको भाइरसको प्रभावले गर्दा खाद्य संकट पर्ने भएकाले सहज गराउनका लागि स्थानीय उत्पादनको पहिचान तथ्यांक संकलन गर्ने र सोको विवरण वडा कमिटि, नगर कमिटि र नगरपालिकालाई जानकारी गराउने निर्णय भएको संयन्त्रले जनाएको छ ।
यसैगरी संयन्त्रको बैठकले प्रत्येक वडामा ५ सदस्यीय कोभिड १९ रोगथाम तथा नियन्त्रण व्यवस्थापन संयन्त्र गठन गरिएको छ । साथै  संयन्त्रका सदस्यहरुले आ–आफ्नो नजिक व्यक्तिहरु भारत तथा तेश्रो मुलुकबाट आएको खण्डमा क्वारेन्टाइनमा बस्न लगाउनुका साथै क्वारेन्टाइनको अनुगन गरी नगर पार्टी र स्थानीय सरकारलाई रिपोटिङ गर्ने निर्णय भएको नेकपा चामुण्डाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top