ट्रेण्डिङ

होमपेज / राजनीति

विद्यार्थी र मजदुरलाई तत्काल राहत व्यवस्था गर !

नेकपा वीरेन्द्रनगर कमिटीको माग

नेपालगाथा २०७६ चैत्र २५ गते मंगलबार १८:२८:१३ मा प्रकाशित

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरेन्द्रनगर नगर कमिटीले उपत्यका बाहिरबाट वीरेन्द्रनगरमा आई बसोबास गर्नेहरुलाई राहत तथा खाद्यान्न उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) विरुद्ध सरकारले लकडाउनको समय बढाउँदै जाँदा उपत्यका बाहिरबाट सुर्खेतको वीरेन्द्रनगरमा आएर बसोबास गर्ने मजदुर, विद्यार्थी र विभिन्न पेशामा आबद्ध नागरिकलाई खाद्यान्न अभाव भएपछि नेकपाको वीरेन्द्रनगर नगर कमिटीले खाद्यान्न उपलब्ध गराउन वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसँग जोडदार माग गरेको हो ।

नगर पार्टीको पहलमा राहत तथा खाद्यान्न उपलब्ध गराउनेबारे मंगलबारनै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग भेटघाट तथा छलफल समेत गरिएको नेकपा वीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष गंगाराम तिमिल्सिनाले जानकारी दिनुभयाे ।

छलफलमा मुख्यमन्त्री शाहीले मंगलबारनै मन्त्रिपरिषद्को बैठक बसेर नगर कमिटीको माग र समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे नगर अध्यक्ष तिमिल्सिनाले नेपालगाथालाई बताए ।

छलफलमा नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर बिष्ट, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज बिन्दमान बिष्ट, जिल्ला पार्टी सचिव कृष्णबहादुर जिसी, प्रदेश कमिटी सदस्य तथा नगर उपप्रमुख मोहनमाया ढकाल, जिल्ला कार्यालय सदस्य मोहन बडुवाल लगायतका नेताहरुकाे सहभागिता थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top