होमपेज / राजनीति
काठमाडौं । संसद बैठक तेस्रोपटक स्थगित भएको छ । कोरोना भाइरसको त्रासका कारण प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको हो । यस अघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । यस अघि चैत ७ गते नै बैठक १३ गतेको लागि बोलाइएको थियो । तर, १३ गतेको लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो ।
राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ । कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक पनि स्थगित गरिएको संसदका कार्यबाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए ।