ट्रेण्डिङ

होमपेज / राजनीति

लकडाउन पालना गर्न काँग्रेस सुर्खेतकाे आग्रह

नेपालगाथा २०७६ चैत्र १८ गते मंगलबार १७:२८:४३ मा प्रकाशित

सुर्खेत । नेपाली काँग्रेस सुर्खेतले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ बाट सतर्कता अपनाउन सबैमा अपिल गरेको छ। काँग्रेसले एक विज्ञप्ति जारी गर्दै जोखिम सामना गर्न पाटीको तर्फबाट सम्पूर्ण साथ रहने जनाएको छ।
काँग्रेसले कोरोना भाइरस रोकथामका लागि प्रदेश तथा स्थानीय तहमा हुनपर्ने कार्य अझै अपुग रहेको भन्दै सरकारको ध्यानआकर्षण गराएको छ।
पाटी सभापती कमलराज रेग्मीद्धारा हस्ताक्षर विज्ञप्तिमा सरकारको एक्लो प्रयासले मात्र यो संकट समाधान हुन सक्ने अवस्था नरहेको भन्दै सबैसँगको सहकार्य र समन्वयमा कोरोना विज्ञप्तिमा भाइरससँग जुध्न प्रभावकारी कदम चाल्न जरुरी रहेको उल्लेख गर्दै यो संटकको अवस्थामा गम्भीर भएर लाग्न सबैलाइ अपिल समेत गरेको छ। पाटी सभापती रेग्मीले लगडाउनले प्रभावित हुनुहुने मजदुर वर्ग लगायत सबैलाई परेको समस्याका बापजुद पनि यो संकटलाई प्रास्त गर्न सबै एकजुट हुनुको विकल्प नभएको उल्लेख गरेका छन् ।

उनले एकजुट भई आ–आफ्नो तहमा सहयोग र सहकार्य गर्न सबै भातृ तथा सुभेच्छुक संस्थाका सबै तहमा अनुरोध मसेत गरेका छन् । उनले स्वास्थ्यकर्मी तथा चिकित्सकले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराउन सम्बन्धित नियकायको ध्यानाकर्षण गराएका छन् । सभापति रेग्मीले विश्व स्वास्थ्य संगठन र सरकारले अबलम्वन गरेको कोरोना रोकथाम सम्वन्धि मापदष्ड तथा लकडाउनको पूर्ण रुपमा पालना गर्नुहुन सबैमा आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top