ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा सुर्खेतको एकता टुङ्गियो

नेपालगाथा २०७६ मंसिर २३ गते सोमबार १२:०८:५३ मा प्रकाशित

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतले स्थानीय तहको एकता टुङ्ग्याएको छ । आइतबार वीरेन्द्रनगर कमिटीले सपथ ग्रहण गरेसँगै स्थानीय तहको एकता टुङ्गिएको हो । पार्टी एकता भएपछि नौ वटा स्थानीय तह रहेको सुर्खेतमा पाँच स्थानीय तहका अध्यक्षमा पूर्वएमाले र चार वटा स्थानीय तहका अध्यक्षमा पूर्व माओवादीले जिम्मा पाएको थियो । मंसिर ४ गते लेकवेशी नगरपालिकाबाट शुरु गरिएको सपथ ग्रहण कार्यक्रम २२ गते वीरेन्द्रनगरमा आएर टुङ्गिएको हो । जसअन्तर्गत ६ गते भेरीगंगा नगरपालिका, ७ गते चौकुने गाउँपालिका, ८ गते पञ्चपुरी नगरपालिका र ९ गते बराहताल गाउँपालिकामा सपथ ग्रहण कार्यक्रम सपन्न भएको हो ।

यस्तै १२ गते चिङ्गाड गाउँपालिका, १५ गते गुर्भाकोट नगरपालिका र २१ गते सिम्ता गाउँपालिकाको सपथ ग्रहण गराइएको नेकपा जिल्ला सचिव कष्णबहादुर जिसीले जानकारी दिए । आइतबार गंगाराम तिमिल्सिना अध्यक्ष र गशेण ओली सचिव रहेको वीरेन्द्रनगर नगर कमिटीको सपथ ग्रहण कार्यक्रम सकिएको छ । ८३ सदस्यीय नगर कमिटीको नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेलको उपस्थितिमा सपथ ग्रहण गरिएको हो । कार्यक्रममा कँडेलसहित नेकपाका केन्द्रीय सदस्यहरु र जिल्लाका नेताहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top