होमपेज / राजनीति

वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा गंगाराम तिमिल्सेना

नेपाल गाथा २०७६ कार्तिक २२ गते शुक्रबार १६:०१:२९ मा प्रकाशित

सुर्खेत । सुर्खेत जिल्लाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकतालाई अन्तिम रुप दिएको छ । नौं वटा स्थानिय तह रहेको सुर्खेत जिल्लामा पूर्व एमालेको भागमा ५ स्थानीय तह र पूर्व माओवादीको भागमा चार स्थानिय तह भाग परेको छ । पूर्व एमालेको भागमा पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका, सिम्ता गाँउपालिका र बराहताल गाँउपालिका गरी ३ नगरपालिका र २ गाँउपालिका भाग परेको छ । यस्तै पूर्व माओवादीको भागमा वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाँउपालिका र चिङगाड गाँउपालिका भाग परेको छ । नेकपाको सुर्खेत जिल्लाको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला कमिटी बैठकमा प्रस्ताव लिनको लागि सचिवालयले निर्णय गरेको जिल्लाका एक नेताले बताए । ती नेताका अनुसार वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा गंगाराम तिमिल्सेना र सचिवमा गणेश वली,भेरीगंगा नगरपालिकामा नरेन्द्र कार्की अध्यक्ष र सचिवमा टिकाराम सुवेदी, गुर्भाकोट नगरपालिकामा देव बहादुर खत्री अध्यक्ष र मोती विक सचिव, पञ्चपुरी नगरपालिकामा मन बहादुर विक अध्यक्ष र केशव बहादुर शाही सचिव, लेकबेसी नगरपालिकामा टिकाराम सोमई अध्यक्ष र मदन गाहालाई  सचिव चयन गरिएको छ ।

यसैगरी सिम्ता गाँउपालिकामा कविन्द्र केसी अध्यक्ष र सचिवमा झुप बहादुर बुढा आश्निल, बराहताल गाँउपालिकामा ओम बहादुर महतरा अध्यक्ष र सचिवमा बल बहादुर कठायत, चौकुने गाँउपालिकामा गंगराम विक अध्यक्ष र हरी अधिकारी सचिव तथा चिङगाड गाँउपालिकामा सम्मर बिक अध्यक्ष र हर्क बहादुर राना सचिव चयन भएका छन् । कर्णालीका सबै जिल्लामा स्थानीय तहसम्मका कमिटि सम्म एकता भए पनि सुर्खेतमा हुन सकेको थिएन । जिल्ला सचिवालयको बैठकले स्थानीय स्तरका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । यसलाई जिल्ला कमिटि बैठकबाट अनुमोदन गराउने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top