ट्रेण्डिङ

होमपेज / राजनीति

एनआरएनए निर्वाचनः अध्यक्षमा कुमार पन्त १४७ मतान्तरले विजयी

नेपालगाथा २०७६ कार्तिक १ गते शुक्रबार १६:२९:४१ मा प्रकाशित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले १२१७ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १४७ मतान्तरले पराजित गर्दै पन्त विजयी भएका हुन् । आचार्यले १०७० मत प्राप्त गरे । निर्वाचन समितिले भर्खरै अन्तिम मत परिणाम घोषणा गरेको हो । पन्तलाई सत्तारुढ नेकपाको साथ थियो भने आचार्यलाई कांग्रेसले समर्थन गरेको थियो । 

यस्तै उपाध्यक्षमा हिक्मत थापा, डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी, सोनाम लामा र महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भएका छन् । महासचिवमा डा हेमराज शर्मा, सचिवमा गौरीराज जोशी,  कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् । निर्वाचनमा करिब दुई हजार ५०० मतदाता रहेका थिए । ४२ पदका लागि भएको निर्वाचनमा ७६ जना प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top