होमपेज / राजनीति

नेकपाको चियापान आज

नेपाल गाथा २०७६ आश्विन २९ गते बुधबार ०८:१४:५७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान कार्यक्रम आज हुँदैछ । बडा दशैँ, तिहार, नेपाल संवत्–११४०, छठलगायत नेपालीका विभिन्न चाडपर्वको उपलक्ष्यमा नेकपाले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top