होमपेज / राजनीति

कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल गाथा २०७६ आश्विन २६ गते आइतबार १७:४०:२५ मा प्रकाशित

नेपाली कांग्रेस सुर्खेतले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। बिजया दशमी, दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको जनाएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।

चियापान कार्यक्रममा कांग्रेसका नेता कार्यकर्तासंगै अन्य राजनीतिक दलहरुका जिल्लास्तरीय शीर्ष नेतृत्वहरुको पनि सहभागिता रहेको थियो। चियापान कार्यक्रमलार्इ सम्बोधन गर्दै पार्टी सभापति कमलराज रेग्रमीले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर सुरु गर्नु भएको चियापान कार्यक्रम ऐतिहासिक भएको बताउनुभयो। उहाँले राष्ट्रिय एकता र मेलमिलाप मुलुकका लागि आज पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। चियापान कार्यक्रमले आपसी सद्भाव र भाइचारा बढाउन सहयोग पुगेको काँग्रेसको अपेक्षा छ।

चियापान कार्यक्रममा, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुर्खेतका अध्यक्ष धुर्वकुमार शाही, नेकपा नेता नरबहादुर विष्ट्,ठम्मर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मान बहादुर खड्का,जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द्रप्रसाद सुवेदी, सिम्ता गाँउपालिका अध्यक्ष कविन्द्र केसी,लेकबेशी नगरपालिका प्रमुख गगनसिहँ सुनार लगायतको सहभागिता रहेको थियो। नेपाली कांग्रेसले विपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई स्मरण गरेर हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top