होमपेज / राजनीति

एकताले मात्र सफलता - सभापति देउवा

नेपाल गाथा २०७६ भाद्र २८ गते शनिबार १६:०८:१३ मा प्रकाशित

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने बताएका छन् । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको शालिक अनावरण गर्दै उनले भने, “एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।” उहाँले पार्टीलाई बलियो बनाउन सबै एक हुनुपर्नेमा जोड दिए ।

उनले भने, “हिजो कसले के कमजोरी गर्‍यो त्यसको पनि लेखाजोखा हुँदै गर्ला ।” उनले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पारे। पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकताको शुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गरे । “यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो कांग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिले जस्तो घात अन्तर्घात हुने छैन”, उनले भने । उनले बाँकेका सभापतिमाथि भएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top