ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपाको संगठन विभाग गाैतम र शर्माले हाक्ने

नेपालगाथा २०७६ श्रावण ३२ गते शनिबार १३:२८:२२ मा प्रकाशित

काठमाडाै‌ं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली विभाग संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा चयन हुनुभएको छ । सचिवालयको बैठकले उहाँहरुलाइ चयन गरेको हो । गौतमलाई उपाध्यक्षको समेत जिम्मेवारी दिने अघि प्रस्ताव अघि बढाइएको छ ।

दुबै नेता पार्टीमा हक्की नेताको रुपमा चिनिनुहुन्छ । दुबै जना हाल सरकारी जिम्मेवारीमा हुनुहुन्न । गौतम सांसदसमेत हुनुहुन्न भने शर्मा रुकुमबाट प्रतिनिधिसभा सदस्य भए पनि मन्त्री पदमा हुनुहुन्न । दुबै नेता नेकपामा एकताको सूत्रधार पनि मानिनुहुन्छ ।

एकता भएको लामो समयसम्म पनि पूर्णता नपाएको र स्थानीयस्तरमा कार्यकर्ताहरुले महसुस गर्न नपाइरहेको बेला सरकारी जिम्मेवारीमा नरहेकाले नेताहरुलाई दौडधूप गर्न सजिलो होस् भने संगठन विभागको जिम्मेवारी दिइएको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top