ट्रेण्डिङ

होमपेज / राजनीति

तीन साता पछि बस्दै सुदूरपश्चिम प्रदेशसभाको बैठक

नेपालगाथा २०७६ श्रावण २३ गते बिहीबार १२:०४:१४ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीन साता पनि बस्न लागेको छ।  साउन ३ गते अनिश्चित समयका लागि स्थगित गरिएको बैठक शुक्रबारको लागि बोलाइएको हो। शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।  प्रदेशसभामा बिजनेस नहुँदा यस बिचमा बैठक चल्न सकेको थिएन।

‘प्रदेशसभामा छलफलका लागि एउटा बिजनेस आइसकेको छ’ प्रदेशसभा सचिवालय सचिव रामसिंह धामीले भने, ‘२४ गते बैठक बोलाइएको छ।’ बर्खे अधिवेशन अन्त्यको तयारी समेत भइरहेको उनले बताए।

‘बिहीबार कार्य व्यवस्था परामर्शको बैठक आह्वान गरिएको छ’ उनले भने, ‘अधिवेशन अन्त्यको तयारी गर्ने भन्ने योजना छ।’ प्रदेशसभाबाट हालसम्म २८ वटा विधेयक पारित भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top