ट्रेण्डिङ

होमपेज / राजनीति

विप्लवका सुर्खेत जिल्ला सदस्य पक्राउ

नेपालगाथा २०७६ श्रावण २१ गते मंगलबार १७:३१:१० मा प्रकाशित

सुर्खेत । नेपाल कम्युनिट पार्टि नेत्र विक्रम चन्द (विप्लव) का सुर्खेत जिल्ला कमिटी सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहताल गाउँपालिका ९ का ५१ वर्षीय हिरालाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुनारलाई पार्टीसंँग सम्बन्धित दस्ताबेज सहित सोमबार साँझ सुर्खेत बराहताल गाउँपालिका वडा नं. १० ओदालताल स्थित सासु सिक्मा सुनारको घरबाट पक्राउ गरेको हो । प्रहरी निरिक्षक विवेककुमार शाहको नेतृत्वमा खटिएको गस्ती टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रदीपबहादुर क्षत्रीले जानकारी दिनुभयो ।
पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भईरहेको नायव उपरिक्षक क्षत्रीको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top