होमपेज / राजनीति
हिमाल शर्मा,सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली अन्त्य गर्नु पर्ने वताउनुभएकोछ । अझै पनि वर्तमान शिक्षा प्रणालीलाई निरन्तरता दिए बेरोजगारी समस्या अझै बल्झिएर उहाले वताउनुभयो ।
बुधबार सल्यान शाहुटोलमा शहिद नेत्रलाल अभागी स्मृति प्राविधिक शिक्षालयको भवन शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले बेरोजगारी अन्त्यका लागि प्राविधिक शिक्षालाई प्राथामिकता दिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो प्राविधिक शिक्षाको माध्यमबाट मात्रै रोजगार मुलक व्यवसायको विकास गर्न सकिने भएकाले प्राविधिक शिक्षालाई जोड दिन आवश्यक छ । माध्यमिक तह देखि नै प्राविधिक शिक्षालाई अघि बढाउन सकिए बढ्दो बेरोजगारीलाई अन्त्य गर्न सकिने उहाँको भनाई रहेको छ ।
वर्तमान सरकारले प्राविधिक ज्ञान हासिल गरेका व्यक्तिलाई रोजगारी दिने र विकास गर्ने लक्ष्य लिएको उहाको भनाई छ ।
अर्को एक प्रसंगमा मन्त्री ज्वालाले विकास निमार्णमा राजनीति नगर्न आग्रह गरे । विकासमा राजनीति घुसाउदा विकासले गति लिन नसक्ने बताउदै मन्त्री ज्वालाले विकास र राजनीतिक फरक पाटो भएको बताउनुभयो । उहाले भन्नुभयो निर्वाचनको समयमा पार्टीको झन्डा बोकेर राजनीतिक गरौला तर अहिले विकास गर्ने समयमा राजनीतिकरण गरिनु उचित हुदैन । सरकारको अर्जुन दृष्टि भनेको आर्थिक क्रान्ति भएको दावी गर्दै उहाले पूर्वाधार विकास र मावन संशाधनको विकास साथ साथै लिएर जाने दावी गनुभयो ।